२०८१ माघ २१, सोमवार , ०१:३६:४३ बजे

Sajhamanch
'

भारतमा १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा सुरू हुने

बुधवार, जेठ ३०, २०८१

नयाँदिल्ली । नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टिका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि सुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले बुधबार बताएका छन् ।राज्यसभाको २६४ औँ सत्र पनि जुन २७ देखि सुरु भएर जुलाई–३ मा समापन हुने उनले बताए ।

नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टि, अध्यक्षको निर्वाचन, राष्ट्रपतिको सम्बोधन र त्यसमाथि छलफलका लागि १८औँ लोकसभाको पहिलो सत्र सन् २०२४ जुन २४ देखि जुलाई ३ सम्मका लागि बोलाइएको छ ।राष्ट्रपति द्रौपदी मुर्मूले जुन २७ मा लोकसभा र राज्यसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् ।