![](https://sajhamanch.com/wp-content/uploads/2024/06/t-20-5.jpg)
काठमाडौं । आईसीसी टी –२० विश्वकपमा स्कटल्याण्डले ओमानलाई ७ विकेटले हराएको छ । नर्थ साउण्डमा गएराति भएको खेलमा स्कटल्याण्डले ओमानलाई ४१ बल बाँकी छँदै हराएको हो ।
ओमानले दिएको १५१ रनको लक्ष्य स्कटल्याण्डले १३ ओभर एक बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो ।
टी–२० विश्वकपमा आज दक्षिण अफ्रिका र बङ्ग्लादेश खेल्दैछन् । न्युयोर्कमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।