२०८१ मंसिर ८, शनिवार , ०७:३०:३७ बजे

Sajhamanch
'

कोशीको नीति तथा कार्यक्रम पारित

बिहिवार, जेठ २४, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ ।

बिहीवारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे । आइतवारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीवारको बैठकमा जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो । प्रदेशसभाको अर्को बैठक असार १ गते दिउँसो ३ बजे बस्नेछ । सो बैठकमा सरकारले बजेट प्रस्तुत गर्नेछ ।

सम्बन्धित खबर