![](https://sajhamanch.com/wp-content/uploads/2024/06/sinduli.jpg)
काठमाडौं । सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते भएका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ क्यानखोला क्वाटरमा निर्माण भइरहेको गाडी चल्ने पक्की पुलमा काम गर्ने क्रममा पुलको फर्मा पल्टिएर चार जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा पर्साका मनोज महतो, विनोद महतो र अमलदेव महतो तथा सिन्धुलीको हरिहरपुरगढीका मदन घलान रहेका छन् । उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।