२०८१ फागुन २, शुक्रवार , १०:४८:४७ बजे

Sajhamanch
'

इलाममा रतुवा खोलाले जीप बगाउँदा दुई जनाको ज्यान गयो

मङ्गलवार, जेठ २२, २०८१

इलाम । इलामको चुलाचुली गाउँपालिका–५ मा रतुवा खोलाले जीप बगाउँदा दुईजनाको ज्यान गएको छ । हिजो बेलुका रतुवा खोलामा एक्कासी बाढी आएको र बाढीले लु १ च ९४९१ नम्बरको जीप बगाउँदा दुई जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ज्यान गुमाउनेमा माङ्सेबुङ गाउँपालिका–५ की सर्मिला वानेम र माङ्सेबुङ–३ की निरु लिम्बुका ३ वर्षीय छोरा निहाङ लिम्बु रहेका छन् । निरु लिम्बु घाइते हुनुहुन्छ । हाम फालेका चालकसहित तीन जनाको अवस्था सामान्य छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालकाअनुसार दुई जनाको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो । जीप इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकका लागि छुटेको थियो ।

सम्बन्धित खबर