![](https://sajhamanch.com/wp-content/uploads/2024/06/ithari.jpg)
विराटनगर । इटहरी उपमहानगरपालिकाले सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ। पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ।
सडकको किनारामा रोपिएका विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए।
उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ।’
उपमहानगरले सफा र हरियाली स्मार्ट सडकको भाग भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको मेयर पौडेलले बताए।
इटहरी उपमहानगरले ६५ लाखमा ‘रोड वासर कम स्प्रिङकलर खरिद गरेको हो। मेयर पौडेलले रोड वासर कम स्प्रिङकलरले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए।
‘उपमहानगरपालिकाभित्र आवश्यकताअनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौँ,’ उनले भने। प्राविधिकहरूका अनुसार यसले आगलागीको बेला आगो निभाउन पनि सहयोग गर्नेछ।