![](https://sajhamanch.com/wp-content/uploads/2024/06/fire.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित गुणस्तर विभागभित्र सरकारी गाडीमा आगलागी भएको छ ।
विभागभित्र पार्किङ गरी राखेको प्रदेश नम्बर ३–०१–००२ झ ५४४६ नम्बरको स्कार्पियो गाडीमा आइतबार राति आगालागी भएको हो । आगलागीबाट गाडीको अगाडिको भाग जलेर क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएपछि पाछाडिएको भाग भने क्षति हुने पाएको थिएन ।
आगलागीको कारण भने नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।