२०८१ मंसिर १, शनिवार , ०५:३३:११ बजे

Sajhamanch
'

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

बिहिवार, जेठ १०, २०८१

बिर्तामोड । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा झापाका एक जनासहित तीनजना पक्राउ परेका छन् ।

झापा घर भई काठमाडौं–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित, सप्तरी कोइलाली गाउँपालिका–३ घर भई काठमाडौं–३२ तीनकुने बस्ने ४५ वर्षीय शैलेश कुमार र कैलाली भजनी गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी–१ बस्ने ३६ वर्षीय विशाल हमाल पक्राउ परेका हुन् ।

आकर्षक तलबको आश देखाएर ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हमालले अमेरिका पठाइदिन्छु भन्दै दुईजनाबाट १६ लाख ७० हजार रूपैयाँ, शैलेशले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट ५ लाख ४० हजार रूपैयाँ, प्रशान्तले भिजिट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै एकजनाबाट ८ लाख रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूविरूद्ध वैदेशिक रोजगारअन्तर्गत व्यक्तिगत ठगी मुद्दा चलाउन थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर