२०८१ फागुन १०, शनिवार , ०३:४६:५६ बजे

Sajhamanch
'

पर्साका सीमानाका तीन दिन बन्द हुने

सोमवार, जेठ ७, २०८१

वीरगञ्ज ।भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते साँझ ६ बजेसम्म भारतसँग जोडिएका सीमानाका बन्द हुने जनाएको छ।जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण दुई देशबीचको सीमानाका बन्द गर्न लागेको जानकारी दिए।

‘भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन गरिरहेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बीडीसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको हो’, उनले भने। नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने गरिएको छ।पर्साको १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ।

सम्बन्धित खबर