
तनहुँ । तनहुँमा पौडी खेल्ने क्रममा एक बालकसहित ३ जनाको मृत्यु भएको छ।बन्दिपुर गाउँपालिका–२ बट्टारस्थित सुले रहमा पौडी खेल्ने क्रममा शनिवार दुई युवकको डुवेर मृत्यु भएको छ।मृत्यु हुनेहरुमा बन्दिपुर गाउँपालिका–६ तिलारका २० वर्षीय विनोद गुरुङ र बन्दिपुर ५ भाँगेका २० वर्षीय हिरा गुरुङ रहेका छन्।
शनिवारनै व्यास नगरपालिका–३ झोलुंगेपुल नजिकै मादी नदी किनारामा अन्दाजी १३ वर्षीय बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।गर्मी छल्न गाउँका ६ जना युवा मिलेर सो रहमा पौडी खेल्न गएको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
मादी नदी किनारामा फेला परेका बालकको सनाखत हुन सकेको छैन्।मृतक तीनै जनाको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ।