२०८१ मंसिर १२, बुधवार , १०:४१:५४ बजे

Sajhamanch
'

सुन १४ सयले बढ्दा चाँदीको पनि भाउ बढ्यो

शनिवार, जेठ ५, २०८१

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रवारको तुलनामा सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेर कारोबार भएको हो । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ९०० रुपैयाँ थियो ।

जुन यो साताको शुक्रवारसम्म आइपुग्दा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो साता नेपाली बजारमा सुनको मूल्यले कीर्तिमानी मूल्यसमेत कायम गरेको थियो । साताको बिहीवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँसम्म कायम भएको थियो ।

जुन, अहिलेसम्मको सबैभन्दा उच्च हो । यद्यपि शुक्रवार भने तोलामा ७०० रुपैयाँले घटेर कारोबार शुरु भएको थियो । यस्तै, यो साता चाँदीको मूल्यसमेत बढेको छ । गत साता चाँदीको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ थियो ।

जुन यो साताको शुक्रवार बढेर १८ सय रुपैयाँ प्रतितोला पुगेको छ । यो प्रतितोला ६५ रुपैयाँको वृद्धि हो ।

सम्बन्धित खबर