२०८१ मंसिर ८, शनिवार , ०७:२२:०६ बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै सभामुख

शनिवार, जेठ ५, २०८१

काठमाडौं । संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् ।

शनिवार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओलीसँग सभामुखको छलफल रहेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

साथै, कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीले छलफलका लागि बालुवाटारमा बोलाएकाले देउवासँग पनि छलफल हुनसक्ने अधिकारीले बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । शुक्रवारका लागि बोलाइएको बैठक पनि दलहरूबीच सहमति जुट्न नसक्दा आइतवार बिहान ११ बजेका लागि सारिएको छ ।

सम्बन्धित खबर