२०८१ कार्तिक ८, बिहिवार , ०८:४३:३५ बजे

Sajhamanch
'

नेकपा (एमाले) कमलको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

आइतवार, वैशाख ३०, २०८१

कमल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलको दोस्रो गाउँ अधिवेशनबाट अध्यक्ष पदमा हरि ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

सो अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष ढकालको नेतृत्वमा पार्टीको ७५ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको हो ।

अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका ३ जनामध्ये डम्बरबहादुर निरौला र धनबहादुर बस्नेतले उम्मेद्वारी फिर्ता लिएपछि अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यस्तै, उपाध्यक्ष पदमा अकलबहादुर गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन् । उक्त पदमा उम्मेद्वारी दिएका ३ जनामध्ये चन्द्रकला ढकाल र उषा भण्डारीले उम्मेद्वारी फिर्ता लिएपछि गुरुङ्ग सर्वसम्मत उपाध्यक्ष बनेका हुन् ।

निर्वाचन समितिका संयोजक देवेन्द्र भण्डारीका अनुसार पदाधिकारीतर्फ ३ वटा पदका लागि भएको मतदानबाट सचिवमा वीरेन्द्र अधिकारी, उपसचिवमा भीम चापागाईं र महिला उपसचिवमा हिमा नेपाली निर्वाचित भएका छन् ।

सचिवमा विजयी अधिकारीले १७५ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी छविलाल गुरागाईंले ७६ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपसचिवमा विजयी चापागाईंले १७५ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी दीपककुमार दाहालले ५६ मत ल्याएका निर्वाचन समिति सदस्य शरणकुमार पराजुलीले बताए ।

यसैगरी, महिला उपसचिवमा विजयी नेपालीले ११८ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धीहरु ममता गुरुङ्गले ७४ र शान्ता दाहालले ६४ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

कमल गाउँपालिकामा सदस्यता नवीकरण गरेका १ हजार ३ सय सदस्यमध्येबाट अधिवेशनका लागि ३ सय जना प्रतिनिधि छनौट भएका सो पार्टीले जनाएको छ ।

सम्बन्धित खबर