२०८१ कार्तिक १०, शनिवार , ०६:५०:२८ बजे

Sajhamanch
'

नेपाल आईडलकी टप १६ इशालाई झापाको शान बनाउने पहल सुरु

मङ्गलवार, चैत २७, २०८०

झापा । एपी वान टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो नेपाल आईडल सीजन ५ मा झापाकी एउटी चेली इशा सुवेदी टप १६ मा प्रवेश गरेकी छन् । उनी झापाको मात्र होइन, टप १६ मा पुग्ने कोशी प्रदेशकै एकमात्र प्रतिष्पर्धी बनेकी छन् ।

बिर्तामोडको बाल्मिकी प्रोभिडेन्स कलेजमा व्यवस्थापन संकायमा स्नातक तह अध्ययनरत २१ वर्षीया गायक सुवेदी सानैदेखि संगीतमा झुकाव राख्दै आजको स्थानमा पुगेकी उनका दाजु विराज सुवेदी बताउँछन् ।

देशभरमा भएका ८ वटा अडिसनबाट छानिएर काठमाडौंमा गएका १६५ जना प्रतिष्पर्धी मध्ये १४९ जनालाई टप गर्दै इशाले अन्तिम १६ मा स्थान बनाएकी हुन् ।

इशा बिर्तामोडमा भएको अडिसनबाट छानिएर नेपाल आईडल सीजन ५ को क्लोज क्याम्पमा काठमाडौं गएकी एपी वान टेलिभिजनका ब्युरो प्रमुख सुब्रत न्यौपानेले बताए ।

तीन राउण्डको गायन प्रस्तुति पूरा गर्दासम्म छोरी इशाले गरेको सफलताबाट आफूहरु उत्साहित भएको बताउँदै उनका बुवा जीवन सुवेदीले झापाकी मात्र नभएर कोशी प्रदेशकै एकमात्र प्रतिष्पर्धीलाई साथ दिन संगीतप्रेमी नेपालीलाई अपील गरेका छन् ।

इशाको गायकीले झापालीको मन लोभ्याएको बताउने समाजसेवी लवकुश गौतमले १०औं स्थानसम्मको यात्रा तय गरेपछि भोटिङ राउण्ड सुरुहुँदा हामीले उनलाई सहयोग गरेर झापाकै शान बनाउनु पर्ने आवश्यकता औंल्याएका छन् ।

सम्बन्धित खबर