धनगढी । सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् ।
भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् ।
उनले भनिन, ‘छोरी गोवामै रहेछ । एक विदेशी केटीले फोटो हालेपछि अमेरिकामा भएकाले सम्पर्क गर्नु भयो । छोरी र ज्वाइँ पुग्नु भएको छ ।’ उनी सम्पर्कमा आएपछि आरतीकी बहिनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका हुन् ।
आरती मेयर हमालकी जेठी छोरी हुन् । उनी ओशो साधक हुन् । ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।
सोमबारदेखि सम्पर्कमा नआएपछि मेयर हमालले खोजी कार्यको लागि सार्वजनिक अपिल गरेका थिए ।