२०८२ वैशाख ३०, मङ्गलवार , ११:१२:०९ बजे

Sajhamanch
'

कालीकोटमा जलेर घाइते बाबु-छोरीको उपचारका क्रममा मृत्यु

बिहिवार, चैत ८, २०८०

काठमाडौ । कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत ल्याइएको थियो ।

यसअघि सोमबार दिउँसो छोरीको र बुवाको बुधबार बेलुका उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए ।

जलेर गम्भीर घाइते भएका नन्दरामको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

सम्बन्धित खबर