२०८२ कार्तिक ३०, शनिवार , ०२:१६:५४ बजे

Sajhamanch
'

गृहमन्त्रीविरुद्ध काँग्रेसले प्रमाण ल्याए सरकारले त्यसलाई मान्नुपर्छः रघुजी पन्त

बुधवार, चैत ७, २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली काँग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रश्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्।

बुधवार संसद भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि काँग्रेसले उठाएको प्रश्नको बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले प्रतिपक्षले प्रशस्त, बलियो र प्रमाणसहितको आधार प्रश्तुत गरे त्यसलाई नमान्ने भन्ने नरहेको बताए। उनले र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले बनाउनु नहुने बताए।

उनले भने, ‘हामीले जुन हिजो आवाज उठाउनेमध्ये एक म पनि थिएँ। मेरो प्रमाण र आधार थिए। मैले नेपालमा पञ्चायत कालदेखि अहिलेसम्म अख्तियारले बोलाएपछि सबै मन्त्रीहरु राजीनामा दिएर मात्रै बयान दिन गएका थिए। मैले नाम र प्रमाणसहित राखेको थिएँ। संविधानमा, कानूनमा नलेखे पनि राजनीतिक मोडालिटीमा पञ्चायत, बहुदलमा पनि चलेको थियो र अहिले पनि चल्नुपर्छ। त्यस्तो कुरा उल्लंघन गर्नु हुँदैन। प्रकाश ज्वालाजीको राजीनामाको कुरा मैले धेरै जोडले उठाएको थिइन तर त्यो बेलाको सरकारले स्वयं आयोग गठन गरेको हो, हामीले गठन गर भनेको होइन। सरकारले बनाएको आयोगले मन्त्रीलाई दोषी देखाइसकेपछि मन्त्री कसरी बसिरहन मिल्छरु प्रकाश ज्वालाजीलाई राजीनामा दिन बाध्य पार्ने अवस्था सरकार स्वयंले गरेको हो। हिजो हामीले ठाउँमा प्रशस्त आधारहरु थिए, त्यस्तै आधार बलियो, आधार प्रमाण राजनीतिक तर्कहरु अहिलेको प्रतिपक्षले ल्याउँछ भने त्यसलाई नमान्ने भन्ने हुँदैन तर मुढाग्रह र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले उठाउनु हुँदैन।’

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२