२०८२ जेठ १, बुधवार , १२:०७:३७ बजे

Sajhamanch
'

आगलागीका घाइते बाबु-छोरीलाई काठमाडौं लगियो

शनिवार, चैत ३, २०८०

काठमाडौ । कालिकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएका बाबु-छोरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको हो।

शुक्रबार दिउँसो ३ बजेको समयमा गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन गएका खाँडाचक्र-५ ढाड गाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीय छोरी हेमन्ती चौलागाईं घाइते भएका थिए। उनीहरु वनमा बाख्रा चराउन जाँदा आगलागी भएको हो।

बाबु-छोरीको अवस्था जटिल रहेको प्रतिष्ठान जुम्लाले जनाएको छ।

सम्बन्धित खबर