२०८२ जेठ १, बुधवार , १२:२२:२६ बजे

Sajhamanch
'

अब नेपालबाट भारतमा दैनिक १५ हजार भारु पठाउन सकिने

शनिवार, चैत ३, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक १५ हजार भारतीय रुपैयाँ (भारु) भारत पठाउन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८० को संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो ।
यससँगै वाणिज्य बैंक तथा राष्ट्रियस्तरको विकास बैंकको खाताबाट नेसनल पेमेन्ट स्विच प्रयो गरी भारतीय बैंक खातामा भुक्तानी गर्न सकिनेछ । यो कारोबार विद्युतीय माध्यमबाट पनि गर्न सकिनेछ ।

यसरी दैनिक १५ हजार भारतीय रुपैयाँ र प्रतिमहिना एक लाख भारतीय रुपैयाँ मात्रै पठाउन मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

सम्बन्धित खबर