२०८२ जेठ १, बुधवार , १२:३४:१६ बजे

Sajhamanch
'

दाङमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

शनिवार, चैत ३, २०८०

काठमाडौं । दाङमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार राति टिपरले ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरीको ज्यान गएको हो ।
गम्भीर घाइते भएका चौधरीको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमही–घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१७ सिस्ने खोला नजिकै उनलाई टिपरले ठक्कर दिएको थियो ।

सम्बन्धित खबर