२०८२ जेठ १, बुधवार , ०२:०९:१० बजे

Sajhamanch
'

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

शनिवार, चैत ३, २०८०

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटनाएको छ ।

आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ ।

यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ कायम गरिएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।

सम्बन्धित खबर