२०८१ कार्तिक ३०, शुक्रवार , ०२:१६:४४ बजे

Sajhamanch
'

सिम्रिक साकोसद्वारा थप ३२ विद्यार्थीलाई पोशाक वितरण

बुधवार, फागुन २३, २०८०

अर्जुनधारा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा नगरपालिका वडा नं. ४ स्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाले आज बुधबार श्री लक्ष्मी आधारभूत विद्यालयका ३२ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको हो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि संस्थाले सहयोग गरेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

संस्थाका अध्यक्ष सुवास भट्टराई, विभागीय प्रमुख दुर्गाप्रसाद रिजाल, प्रेम बस्नेत (विजय), आईटी अधिकृत विजय पाण्डे लगायतले ती विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् ।

संस्थाका अध्यक्ष भट्टराईले पोशाक हस्तान्तरण गर्दै सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक स्तरलाई बृद्धि गर्न संस्था सदैव लागि परेको बताउँदै चालू आर्थिक वर्षमा मात्र ५०० भन्दा बढी विद्यार्थीहरुलाई विद्यालय पोशाक, शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गरिसकेको बताए ।

उनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा संस्थाले प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको पनि जानकारी दिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्दकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा उपस्थित सहकारीकर्मी तथा अभिभावकहरुलाई विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद पौडेलले शाब्दिक स्वागत गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख प्रेम बस्नेतले गरेका थिए ।

सम्बन्धित खबर

कचनकवलमा धानको कुन्यूमा आगजनी
शुक्रवार, कार्तिक ३०, २०८१
बिर्तामोडका जोशीको दुबईमा मृत्यु
शुक्रवार, कार्तिक ३०, २०८१