२०८१ कार्तिक ३०, शुक्रवार , ११:३९:५२ बजे

Sajhamanch
'

सतासी बहुउद्देश्यीय सहकारीको २७औं वार्षिकोत्सव भब्य दुई दर्जन बढी सम्मानित र पुरस्कृत

सोमवार, फागुन २१, २०८०

कनकाई। झापा जिल्लाभर कार्यक्षेत्र रही बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज आफ्नो २७औं वार्षिक उत्सव सुरुङ्गामा सम्पन्न गरेको छ ।

सुरुङ्गास्थित संस्थाको डिपार्टमेन्ट स्टोर परिसरमा सामाजिक व्यक्तित्व, उत्कृष्ट सदस्य, कर्मचारी, सेवा केन्द्र गरी करिव दुई दर्जन व्यक्तिलाई सम्मान एवम् पुरस्कृत गरिएको हो । सतासी सहकारीले दुईवटा संस्थालाई पनि खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ ।

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव समारोहको उद्घाटन दिप प्रज्वल तथा केक काटेर गरिएको थियो । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ र प्रमुख अतिथि पोखरेलले दिप प्रज्वलन पछि केक काटेर एकले अर्कोलाई खुवाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले आम नागरिकको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पछिल्लो समय सहकारी क्षेत्रमा समस्या र विकृत्ति देखिएको भन्दै त्यसको निराकरणमा सबै पक्ष चनाखो भएर लाग्नुपर्नेमा उनले जोड दिएका थिए ।

वार्षिकोत्सवको अवसरमा संस्थाले समाजमा रहेर उत्कृष्ट कार्य गर्ने सुरुङ निवासी कलाकर्मी हिम्मत नेम्वाङलाई सम्मान गरेको छ ।

संस्थाले यो वर्ष सबै सेवाकेन्द्रबाट एक–एक जना पर्ने गरी उत्कृष्ट बाल बचतकर्ताहरु प्रसङ्ग लावती लिम्बू, कृति पोर्तेल, चिराग मण्डल, आयुष शाक्य, इच्छा भुजेल, अनमोल कार्कीलाई पुरस्कृत गरेको छ ।

यस्तै, उत्कृष्ट बचतकर्ताहरु धर्मसिंह तामाङ, कर्णबहादुर कटुवाल, बलभद्र खड्का, सञ्जयकुमार श्रेष्ठ, चन्द्रवती राजवंशी र रमन मियालाई पुरस्कृत गरिएको छ ।

उत्कृष्ट ऋण सदस्यहरु लक्ष्मी शाह, रामप्यारी शाहु, धरणी राजवंशी, देवेन्द्र चापागाईं, श्यामबहादुर श्रेष्ठ र नरप्रसाद ढकाल पनि सम्मानित भएका छन् ।

संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा हरिमाया तामाङ, पवन खवास, सुष्मा प्रधान र उत्कृष्ट सेवा केन्द्रका रूपमा गरामनी सेवा केन्द्रकी कार्यालय प्रमुख विपना शाहीलाई सम्मान गरेको छ ।

वार्षिकोत्सव समारोहमा संस्थाले पुकार अपाङ्गता समाज र सुस्त मनस्थिति सरोकार समाज नेपाललाई खाद्यान्न सहयोग गरेको छ ।

सहकारी संघ कनकाई नगर समन्वय समितिका अध्यक्ष कुमारमणि पोखरेल, सुस्त मनस्थिति सरोकार समाजका अध्यक्ष भगिरथा चापागाईं पोखरेल, सम्मानित व्यक्तित्व हिम्मत नेम्वाङ लगायतले सो कार्यमा संस्थाको प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा मन्तब्य राख्दै अध्यक्ष श्रेष्ठले संस्थाको अवस्थाबारे अवगत गराउँदै संस्थाको वासलात ८५ करोड रुपैयाँभन्दा माथि रहेको बताए । सदस्यहरुको साथ र सहयोगबाट संस्था प्रगति पथमा रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई उपाध्यक्ष सुजता गुरुङ थापा मगरले शाब्दिक स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।

सम्बन्धित खबर