२०८१ असोज ४, शुक्रवार , ०५:३०:४५ बजे

Sajhamanch
'

दीपेन्द्र के खनालको ‘मेयर’मा वर्षा राउत अनुबन्धित

बिहिवार, माघ २५, २०८०

काठमाडौं । दीपेन्द्र के खनालको आगामी फिल्म ‘मेयर’को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी छन् । बुधबार निर्माण कम्पनी र राउतबीच लिखित सहमति भएको छ ।

फिल्ममा राउतले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्ने जनाइएको छ । पहिलोपटक खगेन्द्र र वर्षाले स्क्रिन सेयर गर्न लागेका हुन् । यो फिल्ममा अर्पण थापा पनि यसअघि अनुबन्धित भइसकेका छन् ।फिल्मको छायांकन फागुन १५ देखि सर्लाहीमा हुने जनाइएको छ । फिल्मलाई पटकथा प्रोडक्सनले निर्माण गर्दैछ भने निर्देशक तथा निर्माताको रुपमा दीपेन्द्र छन् ।

यो फिल्म सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनबारे प्रेरित हुने बताइएको छ । सर्लाहीमा लोकेसन हन्टिङ गरेर निर्देशक खनाल काठमाडौं फर्किएका छन् ।