
बिर्तामोड । झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् ।
आज बिहीबार बिहान उनले बिर्तामोड वडा नं. ३ का दुईवटा बस्तीमा पुगेर स्वीटर वितरण गरेका हुन् । पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले विराटपोखर र उन्नति रंगशाला टोलमा पुगेर स्वीटर वितरण गरेका हुन् । उनले १०० जना सन्थाल बालबालिकालाई चिसोयाममा स्वीटर वितरण गरेको जानकारी दिए ।
नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नं. ३ का अध्यक्ष कुमार बुढाथोकी, नेपाली कांग्रेस ३ नं. वडासमितिका सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडासदस्य हरि बाँस्कोटा, युवा व्यवसायी समाजसेवी पदम श्रेष्ठ, रेनुका लिम्बूसहित स्थानीय अगुवाहरुको सहभागितामा स्वीटर वितरण गरिएको हो ।
मजदुरी गरेर जीवीकोपार्जन गर्ने परिवारमा पुगेर स्वीटर वितरण गर्न पाउँदा खत्रीले खुशी व्यक्त गरेका छन् । उनले आगामी दिनहरुमा पनि यस प्रकारका सेवालाई निरन्तरता दिने बताए । लाभान्वितका बालबालिकाका अभिभावकहरुले पूण्य कर्म गरेकोमा खत्रीलाई धन्यवाद दिएका छन् ।