२०८१ फागुन १४, बुधवार , ०९:२०:३९ बजे

Sajhamanch
'

प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् ।

उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् । चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्का हान्दै शतक पूरा गरेका हुन् ।

थपलियाले शतक पूरा गरेपछि कोशीले ४३.५ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ ।