२०८१ असोज ४, शुक्रवार , ११:०७:३२ बजे

Sajhamanch
'

‘कुटुमा कुटु’ बन्यो युट्युवमा धेरै हेरिने नेपाली गीत, २० करोड पटक हेरियो

आइतवार, पौष २९, २०८०

काठमाडौं । फिल्म ‘२ रुपियाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । शुक्रबार मध्यरातसम्म यो गीतलाई २० करोड पटक हेरिएको छ ।

राजनराज शिवाकोटीद्धारा संगीतबद्ध यो गीत सामाजिक संजालदेखि धेरैको ओठमा झुन्डिने गीत बन्यो । पार्टी, समारोहदेखि मानिसको नीजि जीवनको सेलिब्रेसनमा पनि गुञ्जिएको यो गीतमाथि विदेशीले पनि टिकटकमा भिडियो बनाएका थिए ।गीतले २० करोड भ्यूज प्राप्त गरेपछि संगीतकार शिवाकोटीले यो उपलब्धिको खुशि बाँडेका छन् । उनले फेसबुकमा गीतको शब्द लेखिएको चिर्कटो पनि सेयर गरेका छन् । ‘नेपाली मौलिक गीत संगीतले संसारभरिका गीत संगीतप्रेमीको मन जित्न सकोस्’ उनले लेखेका छन् ।

यो गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ शाह, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् । सन् २०१७ को मे २८ मा यो गीत युट्युवमा रिलिज भएको हो ।

सम्बन्धित खबर