२०८१ असोज ४, शुक्रवार , ०१:४१:५९ बजे

Sajhamanch
'

ऋतिक रोशन र अनुपविक्रम शाहीको भेट

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । अभिनेता अनुपविक्रम शाही यतिबेला मुम्बईमा छन् । त्यहाँ उनको भेट बलिउड अभिनेता ऋतिक रोशनसँग भएको छ ।

सोमबार बेलुका ऋतिकसँगको ‘क्यान्डिड’ फोटो सेयर गर्दै अनुपले ‘लिजेन्ड्री मोमेन्ट्स’ भन्दै लेखेका छन् । फोटोमा यी दुईजनाले अनौपचारिक गफगाफ गरिरहेको देख्न सकिन्छ ।यी दुईजनाको भेट फिल्मको कारणले नभै, एक व्यवसायिक उत्पादनको प्रवद्र्धनको सिलसिलामा भएको हो । अनुप र ऋतिक दुबैजना पेय पदार्थ माउण्टेन डिउका ब्राण्ड एम्बेसडर हुन् ।
अनुपले ऋतिकसँगको भेटको फोटाको क्याप्सनमा समेत सो कुरा उल्लेख गरेका छन् । ‘लेट्स डिउ इट्’ अनुपले लेखेका छन् । नेपाल र भारतका यी दुई एक्सन अभिनेताको यो भेटलाई लिएर फ्यानले सामाजिक संजालमा उत्साह व्यक्त गरिरहेका छन् ।

सम्बन्धित खबर