![](https://sajhamanch.com/wp-content/uploads/2024/01/Yubaraj-Dangi.jpg)
बिर्तामोड । झापाको बिर्तामोडमा दुई दशकदेखि स्वास्थ्य सुविधा प्रदान गर्दै आएको कनकाई हस्पिटलको अध्यक्षमा युवराज डाँगी निर्वाचित भएका छन् ।
शनिबार बिर्तामोडमा सम्पन्न हस्पिटलको १७औं साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा डाँगी सर्वसम्मत चयन भएका हुन् ।
हस्पिटलको विनियममा हरेक तीन वर्षमा सञ्चालकहरु मध्येबाट एक जना अध्यक्ष हुने प्रावधान छ । सोही प्रावधान बमोजिम डाँगी अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि प्रबन्ध निर्देशक थिए ।
डाक्टर प्रेमबहादुर शाही हस्पिटलको दुई कार्यकाल नेतृत्व गरेपछि अब डाँगीको नेतृत्वमा हस्पिटलको व्यवस्थापन आएको हो । अस्पतालका सम्पूर्ण सञ्चालकहरु सदस्य रहने संस्थाको विनियममा प्रावधान राखिएको छ ।