![](https://sajhamanch.com/wp-content/uploads/2024/01/Japan_biman_accident-1704201486.jpg)
काठमाडौं । जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । उक्त विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको थियो ।
मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार पाँचजनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले जापानका यातायातमन्त्रीलाई उद्धृत गर्दै जनाएको छ ।
सोमबारको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्रमा खाद्यान्न लैजाँदै गरेको कोस्ट गार्डको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको विमानसँग ठोक्किएको अनुमान गरिएको छ ।
जापान एयरलाइन्सको विमानमा रहेका सबै ३७९ यात्रु र चालक दल पूर्णरूपमा आगो लाग्नुअघि नै भाग्न सफल भएका थिए ।