२०८१ मंसिर ७, शुक्रवार , ०४:५१:३२ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी इटाभट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना

सोमवार, पौष १६, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP
कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/९/८

जिल्ला झापा मेचीनगर–७ बस्ने श्रीमती इन्द्रकुमारी थापा (सदस्य नं. २१३१४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल मंसिर ३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–७ बस्ने निजका श्रीमान रणबहादुर थापाले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल मंसिर ८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी इटाभट्टा कार्यालय

सम्बन्धित खबर