२०८१ असोज ४, शुक्रवार , १२:१०:१८ बजे

Sajhamanch
'

दशैंमा ‘छक्कापञ्जा ५’ ल्याउने दीपकको संकेत, भन्छन्- हामी मानसिक रुपमा त्यता गइसक्यौं

सोमवार, पौष १६, २०८०

काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले आगामी दशैंमा ‘छक्कापञ्जा’को पाँचौं श्रृंखला ल्याउने संकेत गरेका छन् । उनले आफूहरु मानसिक रुपमै पाँचौं सिक्वेल ल्याउने बाटोमा अघि बढेको बताए ।

उनले भने, ‘चाडबाडमा ठूला फिल्म आउनुपर्छ भन्ने लाग्छ । धेरै साथीभाइको सुझाव पनि छ । अहिले काम भइरहेको स्क्रिप्टलाई पाँचौं सिक्वेल बनाउँदा मिल्ने पनि देखिन्छ ।’आइतबार बिहान उनले फेसबुकमा सेयर गरेको एक तस्वीरले पनि आगामी दशैंमा छक्कापञ्जाको पाँचौं सिक्वेल आउने संकेत दिन्छ । यो तस्वीरको समय, सन्दर्भ र अर्थबारे  गिरीसामु जिज्ञासा राखेको थियो । जवाफमा उनले भनेका थिए– हामी मानसिक रुपमै त्यता गइसक्यौं ।’हुन त यो दुबईमा खिचिएको फोटो हो । जसले उनले छक्कापञ्जा श्रृंखला निर्वाह गर्ने राजाको चरित्रको झल्को दिन्छ । उनको तस्वीरमा उपलब्ध कमेन्टको आशय पनि अब छक्कापञ्जा आउनुपर्छ भन्ने छ ।

एउटा स्पष्ट कुरा के हो भने आगामी दशैंमा आमा सरस्वती मुभिजको एउटा फिल्म पक्का आउनेछ । चाहे त्यो– वडा नम्बर ६ को सिक्वेल होस् या छक्कापञ्जाको । गिरीको अभिव्यक्ति र तस्वीरको टाइम एण्ड स्पेस हेर्दा पनि छक्कापञ्जाको पाँचौं सिक्वेल आउने सम्भावना बलियो छ ।

सम्बन्धित खबर