२०८१ मंसिर १२, बुधवार , ०५:३७:३१ बजे

Sajhamanch
'

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनः ढुवानी व्यवसायी खत्री सदस्य पदका उम्मेदवार

आइतवार, पौष १५, २०८०

बिर्तामोड । आगामी फागुन १४ गतेका लागि तय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्य पदमा उम्मेदवारी दिने बताउँदै आफू बिर्तामोडमा वर्षौंदेखि ढुवानी व्यवसाय सन्चालन गर्दै आएकोले सो क्षेत्रको प्रतिनिधित्व हुने गरी वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यसपटक व्यवसायी र बजारको हित हुनेगरी काम गर्नसक्ने क्षमतावान उम्मेद्वारलाई भोट दिन सबैलाई आग्रह पनि गरेका छन् ।

यसअघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा आउनेहरुले व्यवसायीको हितमा कुनै पनि काम नगरेको व्यवसायी खत्रीको गुनासो छ ।

ढुवानी क्षेत्रका अर्का व्यवसायी हेमराज अधिकारीले वाणिज्य संघको निर्वाचनमा खत्रीलाई सबैको साथ सपोर्ट रहेको जानकारी दिएका छन् । ढुवानी व्यवसायीको प्रतिनिधिकारुपमा खत्रीलाई अघि बढाइएको अधिकारीको भनाई छ । व्यवसायी खत्री सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय भएको बताइन्छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएसँगै चुनावी गतिविधि बढेको छ । संघका महासचिव अर्जुनकुमार मैनालीलाई अध्यक्ष पदमा औपचारिक उम्मेदवार बनाएर उद्योग व्यवसायी महासंघ चुनावी मैदानमा उत्रिएपछि चुनावी गतिविधि बढेको हो ।

सम्बन्धित खबर