
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन) चुल्होबाट ४०० परिवार लाभान्वित भएका छन् ।
इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा भइरहेको उक्त अभियानको एक कार्यक्रमका बीच संविधान सभाका सदस्य रविन कोइरालाले उद्घाटन गरेका हुन् ।
मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा संविधान सभाका सदस्य कोइरालाले आफ्नै देशमा भएको स्रोत साधानको उच्चतम् प्रयोग अहिलेको आवश्यकता रहेको औंल्याउँदै विद्युतीय चुल्होको प्रयोग गर्नु राम्रो कार्य रहेको बताए ।
विद्युत उत्पादन गर्न सक्ने क्षमता नेपालम पर्याप्त रहेका बताउँदै उनले विद्युतीय चुल्होको प्रयोग नेपालमा उपयुक्त र प्रभावकारी हुने पनि बताए ।
इपिसी नेपालले मेचीनगर क्षेत्रमा रहेका दुर्गेश्वरी कृषि सहकारी संस्था लिमिटेड र संजिविनी महिला विकास संस्था मार्फत मेचीनगर ८ र ९ नं वडाका ४०० घर परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको हो ।
दुर्गेश्वरी कृषि सहकारी संस्थाका कार्यवाहक अध्यक्ष सन्तोष मेचेका अनुसार पहिलो चरणमा आएको ४०० इन्डक्सन चुल्होमध्ये मेचीनगर ८ मा २०० र ९ नं मा २०० थान वितरण गिरने छ ।
बजार मुल्य १३ हजार ५०० जतिपर्ने इन्डक्सन चुल्हो र सोका लागि आवश्यक पर्ने कुकर, कराई र प्लकसमेत २ हजार ५०० वितरण गरिरहेको सहयोगी संस्था इपिसी नेपालका रामप्रवेश शाहले बताए । उनले उक्त वितरण गरिएको इन्डक्सन चुल्हो प्राप्त गर्न घरमा अनिवार्य १६ एम्पियरको विद्युत हुनुपर्ने बताए ।
दुर्गेश्वरी कृषि सहकारी संस्थाका सचिव रेवन्तराज पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि कोइरालासंगै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास संयोजक चित्र धिमाल लगायतको आतिथ्य रहेको थियो ।