असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८०/९/१
जिल्ला झापा कनकाई–४ बस्ने श्रीमती चुडादेवी दाहाल (सदस्य नं. ८०५३६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल साउन २० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई–४ बस्ने निजका छोरीहरु इश्वरा सुवेदी, गीता खतिवडा, राधा सुवेदी र सिता दाहाल भट्टराईले आफ्ना आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल भदौ १ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
— एनएमसी सुरुङ्गा कार्यालय