
भद्रपुर । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई भद्रपुरमा सम्मान गरिएको छ ।
आज मेची रंगशालामा सम्पन्न ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको फाइनलको दिन बस्नेतलाई सम्मान गरिएको हो ।
गोल्डकप तथा अन्य सामाजिक संस्थामार्फत खेलकुदको विकास तथा प्रवर्धनमा विशेष योगदान पुर्याएको भन्दै उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, भद्रपुर नगरप्रमुख गणेश पोखरेल र भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले सम्मानपत्र प्रदान गरेका थिए ।
प्रथम संस्करणको भद्रपुर झापा गोल्डकप सम्पन्न गर्न तथा आज सम्पन्न लिग कम नकआउट फुटबल प्रतियोगितामा बस्नेतले विशेष योगदान पुर्याएका थिए ।