२०८२ असार ८, आइतवार , ०४:३७:०८ बजे

Sajhamanch
'

गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

छातीमा समस्या भएपछि उपचारका लागि शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा मन्त्री श्रेष्ठको उपचार गरिरहेको छ ।

आंशिक अवरोध रहेको भागमा समेत डा। मास्केसहितको चिकित्सकको टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको छ ।

सम्बन्धित खबर