२०८१ मंसिर १७, सोमवार , १२:५१:४० बजे

Sajhamanch
'

इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको हो । केही अझै बेपत्ता भएको बताइएको छ ।

पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए । उनीहरूलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् । दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ ।

समुन्द्र सतहबाट २ हजार ८९१ मिटर उचाइमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ । अधिकारीहरूले मानिसलाई मुख्य खाडलको तीन किलोमिटरको दायराभित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् ।

मङ्गलवार, मंसिर १९, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर