२०८१ मंसिर १४, शुक्रवार , ०१:३४:४६ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी सुरुङ्गा कार्यालयको १५ दिने सार्वजनिक सूचना

बुधवार, मंसिर १३, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालय मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मिति २०८०/०६/२६

जिल्ला झापा कनकाई–३ बस्ने सुशिला साहा (सदस्य नं. ६८५८३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल जेठ ३२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला कनकाई–३ बस्ने निजका छोरा शम्भु साहाले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल असोज २२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

– एनएमसी सुरुङ्गा कार्यालय

बुधवार, मंसिर १३, २०८० | विज्ञापन

सम्बन्धित खबर