नोम पेन्ह । उत्तरपश्चिम कम्बोडियाको सिम रीप प्रान्तको कुलेन माउन्टेनको सडकमा पिकअप ट्रक पल्टिँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
स्वे लेउ जिल्लाका प्रहरी प्रमुख यिप युङछ्याङले दिएको जानकारीअनुसार पहाडको चुचुरोबाट प्यागोडा दर्शन गरेर फर्किदै गरेका यात्रु ओर्लिदै गर्दा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा दुई महिलासहित ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्, युङछ्याङले बताएका छन् ।
कुलेन माउन्टेन यसको झरना र पहाडको टुप्पोमा रहेको बौद्ध प्यागोडाका लागि प्रसिद्ध छ । सीएम रीप प्रान्तको प्रसिद्ध अंकोर पुरातात्विक पार्कबाट लगभग ७० किलोमिटर पूर्वमा अवस्थित छ ।
अत्यधिक तौल र लापरबाहीका कारण दुर्घटना भएको उनको भनाइ छ ।