२०८१ कार्तिक ३०, शुक्रवार , ०६:४६:३८ बजे

Sajhamanch
'

प्रकाश एकता कृषि सहकारी वार्षिक कारोबार ६ करोड ८६ लाख १० हजार ७२१ रूपैयाँ

शनिवार, मंसिर ९, २०८०

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ मा रहेको प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरिएको छ ।

कोशी प्रदेशका पूर्व भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको हो । संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु सम्मानित गरिएका थिए ।

संस्थाको नीति तथा कार्यक्रमसहित वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले ९४८ महिला तथा ६९४ पुरूष र अन्य ५ गरी एक हजार ६४७ शेयर सदस्य रहेको संस्थामा ८२ लाख ८ हजार ५०० रुपैयाँ शेयर पूँजी रहेको जानकारी गराए ।

यस्तै, संस्थाका कोषाध्यक्ष चन्द्रबहादुर कार्कीले ६ करोड ८६ लाख १० हजार ७२१ रूपैयाँको वार्षिक कारोबार गरेको विवरण पेश गर्दै २४ लाख ४२ हजार ३४६ रूपैयाँ सञ्चालन नाफा रहेको जानकारी गराए ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सरावगीले देशको उन्नतिका लागि सहकारीको महत्वपूर्ण योगदान रहेको औंल्याए । सरकारी संयन्त्रबाट प्रभावकारी अनुगमन नहुँदा सहकारीका नाममा ठगी बढिरहेकोमा उनले चिन्तासमेत व्यक्त गरेका छन् ।

संस्थाका सचिव शालिग्राम नेपालले सञ्चालन रहेको साधारणसभा समारोहमा संस्थाको ज्येष्ठ सदस्य सम्मानबाट टिकाप्रसाद खनाल र देउमाया मिश्र, उत्कृष्ट बचत कारोबार सम्मानबाट राजेन्द्र खनाल र रेनुकादेवी अधिकारी, उत्कृष्ट ऋण कारोबार सम्मानबाट तुलसा खतिवडा र खड्गबहादुर ठकुरी, उत्कृट सन्तति सम्मानबाट रेमन अधिकारी र एविसा ओलीलाई नगदसहित सम्मान गरियो ।

उपाध्यक्ष मञ्जु पोखरेलले स्वागत गरेको कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल र नगर सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेलले आ–आफ्ना धारणा राख्दै कृषिको उन्नतिका लागि सहकारीले गरिरहेको प्रयासमा नगर सरकारले समेत साथ दिने बताए ।

सम्बन्धित खबर