२०८२ असार १३, शुक्रवार , ०९:०७:१८ बजे

Sajhamanch
'

बल्खुमा तोडफोड हुँदा दुईजना घाइते

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् ।

घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्पताल लगिएको हो ।

यसअघि, कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका थिए । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् ।

एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् । उनीहरुले युवा संघका कार्यकर्ताले ढुंगा हानेको बताएका छन् । युवा संघका कार्यकर्ताले आफूहरुको प्रदर्शनमा प्रवेश गरेर ढुंगा हानेको प्रसाईं समूहको दाबी छ ।

सम्बन्धित खबर