२०८२ असार १४, शनिवार , ११:२८:३४ बजे

Sajhamanch
'

जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

आइतवार, मंसिर ३, २०८०

काठमाडौं । गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो ।

भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चलेको थियो ।

तर, सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

एक करोडभन्दा माथि सहायता गर्नेमा मिनबहादुर गुरुङ (१ करोड ११ लाख ११ हजार), बुद्ध एयर (१ करोड), राष्ट्रिय वाणिज्य बैंक (१ करोड), ग्लोबल आईएमई बैंक (१ करोड), सूर्य नेपाल प्रालि -१ करोड), गोर्खा ब्रुअरी (१ करोड), क्यान सेन्ट्रल पेमेन्ट (१ करोड) रहेको छ ।

कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ जम्मा गरेका छन् ।

सम्बन्धित खबर