२०८१ मंसिर १७, सोमवार , ०२:३३:२१ बजे

Sajhamanch
'

फिलिपिन्समा ७.२ म्याग्निच्युडको भूकम्प

शनिवार, मंसिर २, २०८०

काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ।

शुक्रबार दिउँसो दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जनाएको छ।

दिउँसो ४ बजेर १४ मिनेटमा भूकम्प गएको संस्थानले जनाएको छ। १० किलोमिटरको गहिराइमा सारङ्गानी शहरबाट ३० किलोमिटर दक्षिणपश्चिममा केन्दबिन्दु रहेको बताइएको छ।

इन्स्टिच्युटले टेक्टोनिक भूकम्पले पराकम्पन आउने र क्षति पुर्‍याउने बताएको छ।

सम्बन्धित खबर