२०८२ पौष १ मङ्गलवार , ०२:५६:१६ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दासँग भाइटीका लगाउने

मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन्।

राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाउने भएका हुन्।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ।

मङ्गलवार, कार्तिक २८, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर