काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित हात पारेको छ। गयराति समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराउँदै शानदार जित हात पारेको हो।
जितसँगै भारतीय टिम समूह चरणका ९ वटै खेलमा जित निकाल्ने एक्लो टिम पनि बनेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर खेल्दै जम्मा ४ विकेटको क्षतिमा ४ सय १० रन बनायो। ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले कमजोर प्रदर्शन गर्यो।
निर्धारित ५० ओभरमा ४७ दशमलव ५ ओभर खेल्दै २ सय ५० रनमा समेटियो।
भारतका जसप्रीत बुमराह, मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए । विराट कोहली र रोहित शर्माले समेत एक एक विकेट हात पारेका थिए ।
सुरुआती ब्याटिङ गरेको भारतका लागि श्रेयश अय्यर र केएल राहुलले शतकिय इनिङ्स खेल्दै ४ सय १० रन जोडेका थिए ।
भारतले अब फाइनल प्रवेशका लागि बुधवार न्युजिल्याण्डसँग खेल्नेछ ।