२०८१ कार्तिक २९, बिहिवार , ११:३४:४७ बजे

Sajhamanch
'

नवोदय बहुउद्देश्यीय सहकारी : पूर्वअध्यक्ष र सञ्चालकलाई सम्मान गर्दै वार्षिक साधारणसभा सम्पन्न

शुक्रवार, कार्तिक २४, २०८०

कमल । कमल गाउँपालिका वडा नंं ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण सभा आज शुक्रबार सम्पन्न भएको छ ।

कात्तिक १३ गतेदेखि इकाइस्तरमा साधारणसभा सञ्चालन गरी त्यहाँबाट निर्णय भएर आएका विषयलाई अन्तिम रुप दिई तयार गरिएको माइन्युट सभामा प्रस्तुत गरी प्रमाणीकरण गरिएको हो ।

संस्थाका अध्यक्ष शरणकुमार पराजुलीको अध्यक्षतामा कमल गाउँपालिका वडा नंम्बर ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले इकाईगत साधारणसभामा छलफल गरी निर्णय भएका एजेण्डाहरु सभामा वाचन गरेका थिए । यस्तै, लेखा सुपरीवेक्षण समितिका संयोजक कुवेरधन अधिकारीले लेखासँग सम्बन्धित विषयमा उठेका थप जिज्ञासालाई अन्तिम माइन्युट प्रमाणित सभामा पनि प्रष्ट पारेका थिए ।

सो अवसरमा संस्थाले दुई दशकसम्म संस्थाको अध्यक्ष भई काम गरेका निवर्तमान अध्यक्ष दिलिपकुमार चापागाई र २४ वर्षसम्म सञ्चालक समितिमा रहेर काम गरेका पूर्व सञ्चालक शिरोमणि अधिकारीलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

साधारणसभा समारोहको सञ्चालन संस्थाका निमित्त व्यवस्थापक रविन सुब्बाले गरेका थिए भने आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष उमानाथ भण्डारीले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर