काठमाडौं । १०० भन्दा बढी जापानी नागरिकले मध्य टोकियोमा विरोध प्रदर्शन गरेका छन् ।
सात समूह (जी–७) विदेशमन्त्रीहरूको बैठक चलिरहेका बेला गाजामा संकट बढेकामा निन्दा गर्दै र त्यहाँ घातक इजरायली आक्रमण अन्त्य गर्न तत्काल कारबाहीको मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ‘गाजामा हमला रोक्नुहोस्’, ‘गाजाका निम्ति शान्ति’ लेखिएका ब्यानरसहित प्रदर्शन गरे ।
उनीहरूले जी–७ इजरायलप्रति अमेरिकी नीतिहरूको समर्थनमा एकजुट भए तिनीहरू यो युद्धमा सहभागी हुने ठहरिने आरोप लगाए ।