काठमाडौं । उत्तर र उत्तरपूर्वी चीनमा तीब्र हावा र भारी हिमपात सुरु भएसँगै जनजीवन प्रभावित बनेको छ ।
जटिल मौसमी अवस्थाको सामना गर्न चीनको उत्तरपूर्वी प्रान्तहरूले तयारी थालेका छन् । उनीहरूले सुरक्षा सुनिश्चित गर्न आवश्यक काम अघि बढाएका छन् ।
हेइलोङजियाङ प्रान्तको राजधानी हार्बिनमा हिउँ र बरफ हटाउने कार्यका लागि ८९ हजारभन्दा बढी सरसफाइ कर्मचारीहरूका साथै मेसिनरी र उपकरणहरू परिचालन गरिएको छ ।
लिओनिङ प्रान्तमा सोमबार रातिसम्म करिब २० हजार हिउँ हटाउने सवारी साधन र उपकरणसहित करिब एक लाख २० हजार मानिस परिचालन गरिएको थियो ।
उत्तरी चीनमा आगामी तीन दिनसम्म शीतलहर जारी रहने मौसमविद्ले मंगलबार बताएका छन् ।