२०८२ असार ६, शुक्रवार , ०१:१७:०० बजे

Sajhamanch
'

राष्ट्रसंघका महासचिव गुटेरेसले आजबाट हिमाली क्षेत्रको भ्रमण गर्दै

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्दै छन् । आइतबार राजनीतिक भेटघाट गरिसकेका उनले आजबाट उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण सुरु गर्न लागेका हुन् ।

गुटेरेसले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । गौतम बुद्धको देश भएकाले लुम्बिनी र जलवायु परिवर्तनले हिमाली भू–भागमा पारेको असर बुझ्न उनले उच्च हिमाली क्षेत्रको भ्रमण गर्न लागेका हुन् ।आइतबार उनले नेताहरूसँगको भेटमा जलवायु परिवर्तनले तल्लो भू–भागमा पारेको असरहरू धेरै सुनिए पनि उच्च भू–भागमा पारेको असर कम सुनिएका बताएका थिए ।

यही कारण नेपालजस्ता उच्च भू–भाग भएका देशमा जलवायु परिवर्तनले नागरिकको दैनिक जीवनमा कस्तो असर गरेका छ भन्ने बारे बुझ्न नेपाल आएको उनले बताएका थिए । “जलवायु परिवर्तनले असर गरेको नेपालको दिगो विकासमा सहयोग गर्न म अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्छु,” महासचिव गुटरेसले नेताहरूसँग भनेका छन् ।गुटेरेस चार दिने नेपाल भ्रमणको सिलसिलामा आइतबार बिहान नेपाल आएका थिए ।

सम्बन्धित खबर